कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, बाबुछोरीको मृत्यु



रौतहट,वैशाख २१ । रौतहटमा कार र मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ।

चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा बा ६ च ३५२६ नम्बरको कारले ना ३ प ९५१२ को मोटरसाइकाललाई आज बिहान ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार गरुडा नगरपालिका–३ का ६० वर्षीय बलिराम सहनी र उनकी छोरी ४० वर्षीया उर्मिला देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।

उनका अनुसार कार चालक हेटौँडा उपमहानगरपालिका–१२ का कुमार पोखरेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्