नुवाकोटको समृद्धिका लागि योजनाको पुलिंदा लिएर सिंहदरबार पुगे बद्री मैनाली



काठमाडौं , वैशाख २१ — नुवाकोट जिल्लाको दिगो विकास र समृद्धिका लागि आवश्यक योजनाहरूको विस्तृत मागपत्र लिएर नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटी अध्यक्ष बद्री मैनाली नेपाल सरकार समक्ष पुगेका छन्।

आर्थिक वर्ष २०८२/८३ का लागि जिल्लाबाट हजारौं योजनाहरू माग भएकोमा तीमध्ये संघीय सरकारले प्राथमिकता दिनैपर्ने योजनाहरूको छनोट गरी उनी सिंहदरबार पुगेका हुन ।

पार्टी जिल्ला इन्चार्ज केशवराज पाण्डेको उपस्थितिमा अध्यक्ष मैनालीले उप–प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मागपत्र बुझाएका हुन्।

दुवै मन्त्रीहरूले नुवाकोट जिल्ला तहबाट प्रस्तुत योजनाहरूलाई उच्च प्राथमिकताको सूचीमा राखी स्रोतको उपलब्धताअनुसार आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, जिल्लावासी जनतालाई प्रत्यक्ष लाभ पुग्ने जनहितका सवालहरू उठाएर सरकारलाई सशक्त ढंगले संवेदनशील बनाएकोमा मन्त्रीहरूले जिल्ला कमिटीको कार्यको मुक्त कण्ठले प्रशंसा गरेका छन्।

नेकपा (एमाले) नुवाकोटले समृद्ध जिल्लाको परिकल्पना साकार पार्नका लागि निरन्तर पहल जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यस्ता छन् मागपत्रमा समावेश योजनाहरु:-

प्रतिक्रिया दिनुहोस्