खोलामा डुबेर दुई किशोरको मृत्यु

पूर्वी नवलपरासी,वैशाख २२ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई जना किशोरको मृत्यु भएको छ ।
स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई जना किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्बी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर ४ धर्म चोकका १६ वर्षीय शिशिर पन्त रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
साथीहरू सँग जुक्तिखोलामा पौडी खेल्न गएका दुई किशोर डुबेर बेपत्ता भएकोमा प्रहरी टोली पुगी दुवै जनाको शव फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।