छहरे-टोखा सडकखण्डमा जन्ती बोकेको माइक्रो दुर्घटना

नुवाकोट,वैशाख २३ — नुवाकोटको छहरे-टोखा सडकखण्ड अन्तर्गत थानाभञ्ज्याङ्मा मंगलबार दिउँसो जन्ती बोकेको माइक्रोबस दुर्घटना भएको छ।
काठमाडौंबाट ढिकुरे तर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस ढलानघर नजिक दुर्घटना भएको हो।
दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। गाडीमा सवार जन्तीहरू भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
गाडी नियन्त्रण गुमाएर सडकको ड्रेनमा फसेको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ।