वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं,वैशाख २३ । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मङ्गलबार दिउँसो ७१ वर्षको उमेरमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित थिए ।