भाषा दिवसको अवसरमा बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

काठमाडौं,वैशाख २३ । बागमती प्रदेश सरकारले प्रदेशभर बुधबारका सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
भाषा दिवसको अवसर पारेर वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचनाको आधारमा बिदा दिने जानकारी गराएको हो ।
मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार, प्रदेश सरकारको “सरकारी कामकाजको भाषा ऐन, २०७९” कार्यान्वयनमा आएको स्मरण स्वरूप प्रत्येक वर्ष भाषा दिवस मनाउने र यस दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
प्रदेशभर बुधवार सबै सार्वजनिक कार्यालय, विद्यालय तथा संस्थाहरूमा बिदा हुनेछ ।
