सञ्चालनमा आयो अबरुद्ध पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड

पूर्वी नवलपरासी-वैशाख २४ वर्षा भएपछि अबरुद्ध भएको पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्डमा सञ्चालनमा आएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व (नवलपुरको) विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षाका कारण सडक चिप्लो भएपछि मंगलबार बिहानदेखि सवारी आवागमन अबरुद्ध बनेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मंगलबार साँझबाट सञ्चालन गरिएको छ । सडकको हिलो र गेग्र्यान हटाएर सवारी सञ्चालन गरिएको हो ।
सडक बिस्तारको क्रममा रहेको हुँदा पानी पर्नासाथ यहाँ बाटो हिलो र चिप्लो हुने भएको कारण सबारी सन्चालनमा कठिनाइ हुँदै आएको छ । अहिले भने दाउन्ने खण्डमा सवारी सहज रुपमा सञ्चालन भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।
अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको छ। दाउन्ने क्षेत्रमा आगामी वैशाख ३१ गते सम्म राति ११ बजे देखि बिहान ५ बजे सम्म आवागमन रोकेर विस्तारको काम भईरहेको छ ।