टोखा–१ मा गाडी दुर्घटना : बाटो सुधारमा बेवास्ता, स्थानीय आक्रोशित



काठमाडौं,वैशाख २४ । टोखा नगरपालिका–१ भडारे चोकस्थित गैरी गाउँ जाने उकालो सडकखण्डमा आज बिहान ७:४० बजे सवारी दुर्घटना भएको छ। बाग्मती प्रदेश नम्बर ०१–०२९च ६१५५ नम्बरको बीवाईडी (BYD) गाडी सो स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

स्थानीयवासीहरूका अनुसार सो सडक खण्डमा मोटरसाइकल तथा गाडीहरू पटक–पटक दुर्घटनामा पर्दै आएका छन्। उनीहरूले सम्बन्धित निकायमा पटक–पटक सडक स्तरउन्नतिको माग गर्दा पनि हालसम्म कुनै सुनुवाइ नभएको बताएका छन्।

दुर्घटनामा मानवीय क्षति भने नभएको स्थानीयले जानकारी दिएका छन्। सडक साँघुरो र चिप्लो भएका कारण दुर्घटनाको जोखिम उच्च रहेको स्थानीयबासीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्