रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह छैन: गृहमन्त्री लेखक



काठमाडौं,वैशाख २५ । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले सर्वोच्च अदालतका एक कर्मचारीले विवेक गुमाउँदा घटना हुन पुगेको बताए ।

यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरे झैँ सही नियतले कानूनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको  गृहमन्त्री लेखकले स्पष्ट पारे ।

उनले अनधिकृत रुपमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टमाथि झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्