नुवाकोटको लिखुमा प्रथम दलित अधिकार सम्मेलन सुरु, प्रशिक्षण फलदायी



नुवाकोट,वैशाख २५  — लिखु गाउँपालिकामा प्रथम ऐतिहासिक दलित अधिकार सम्मेलनको आज भव्य रुपमा समुद्घाटन भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले गरेका हुन् ।

सम्मेलनको पहिलो दिन अधिवक्ता प्रकाश नेपाली र लेखक तथा अधिकारकर्मी सरोजदिलु विश्वकर्माले प्रशिक्षण दिएका थिए । सहभागीहरूका अनुसार आजको प्रशिक्षण सत्र अत्यन्त फलदायी र महत्वपूर्ण रहेको बताइएको छ।

आयोजकका अनुसार, भोलिको दिन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। अधिवक्ता सुरेन्द्रराज अधिकारी, धनबहादुर मिजार र सरोजदिलु विश्वकर्माबाट विभिन्न विषयमा प्रशिक्षण दिइनेछ भने राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले विशेष प्रशिक्षण सत्र सञ्चालन गर्नेछन्।

समापन समारोहमा सहभागिहरूलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिने कार्यक्रम रहेको छ। आयोजकले भोलिको कार्यक्रमलाई थप भव्य र ऐतिहासिक बनाउन सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्