नुवाकोटका विभिन्न क्षेत्रमा भोलि बिहान तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने

नुवाकोट, वैशाख २६ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले भोलि शनिबार (२०८२ वैशाख २७ गते) बिहान ७ बजेदेखि १० बजेसम्म नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको छ।
त्रिशूली सबस्टेशनअन्तर्गत फिडर नम्बर ६ का वितरण लाइनहरूको बुस कटिङ्ग र मर्मत कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध गर्न लागिएको प्राधिकरणले जनाएको छ।
विद्युत् बन्द रहने क्षेत्रहरूमा विदुर नगरपालिकाका विदुर, बट्टार, पिपलटार, आपंघारी, इनारपाटी, गंगटे र माझीटार क्षेत्र रहेका छन्।
नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले काम सम्पन्न भएसँगै समयभन्दा अगावै लाइन सञ्चालनमा ल्याइने जानकारी गराउँदै असुविधाका लागि क्षमायाचनासमेत गरेको छ।
विद्युत् प्राधिकरणले सेवा प्रभावित क्षेत्रका उपभोक्ताहरूलाई वैकल्पिक व्यवस्था मिलाउन अनुरोधसमेत गरेको छ।
