दुई छुट्टछुटै सवारी साधन दुर्घटनामा ७ यात्रु घाइते, दुईको अवस्था गम्भीर



पाल्पा,वैशाख २६ । पाल्पाका दुई छुट्टछुटै सवारी साधन दुर्घटनामा परि ७ जना यात्रु घाइते भएका छन । पूर्वी पाल्पाको निस्दी गाउँपालिका ४ स्थित मित्यालको लामेदमारमा यात्रु बाहक जिप दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन भने यता जिल्लाको सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको नयाँ पाटीमा भएको ट्रयाक्टर दुर्घटना हुँदा चालक दान बहादुर कुमाल घाइते भएका छन् ।

आज दिउँसो करिब ४ बजे नवलपुरको अरुणखोलाबाट निस्दीको मित्याल तर्फ आउदै गरेको लु १ ज २६४९ नम्बरको जिप मित्यालको लामेदमारमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा परेर निस्दी ४ मित्याल झ्यालतुङका ३९ वर्षकी धनसरी बयम्बु र ३० वर्षकी पुष्पा राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्ले जानकारी दिए ।

घाइतेहरुको छिमेकी जिल्ला नवलपुरमा स्थित विभिन्न अस्पतालमा उपचार भईहरको छ । अन्य ४ जना घाइतेको अवस्था भने सामान्य रहेको छ ।

जिपमा चालक सहित १२ जना यात्रु सवार रहेको निस्दी गाउँपालिका स्थित रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालका प्रहरी सहायक हवलदार राजेश रानाले पुष्टी गरे ।

यता बुटवलबाट पाल्पा तर्फ सिमेन्ट र छड लिएर आउँदै गरेको लु ४ त ९०४ नंम्बरको ट्रयाक्टर सडक माथिबाट खसेको ढुंगाले लागे सडकमै पल्टिदा जिल्लाको रैनादेवी छहरा २ बस्ने कुमाल घाइते भएका हुन । घाईचे कुमालको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घटनाका सम्बन्धमा थप अनुशन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्