नुवाकोटको त्रिवेणीधाम गुरुकुलका विद्यार्थी लाई खेलकुद सामग्री वितरण

नुवाकोट, वैशाख २६ — पञ्चकन्या र शिवपुरी गाउँपालिकाको संगमस्थल लिखु खोलामा अवस्थित त्रिवेणीधामस्थित गुरुकुलका विद्यार्थीलाई लक्षित गरी खेलकुद सामग्री वितरण गरिएको छ।
विनोद/मेनुका पाण्डे र विपना पाण्डेले १८ थान जुत्ता-मोजा, उमेश/उमा पाण्डेले १८ थान जर्सी सेट र दामोदर पाण्डेले किपर पञ्जा तथा फुटबल प्रदान गरेका हुन् ।
यस सहयोगले स्थानीय युवामा खेलप्रतिको उत्साह बढाएको र आगामी दिनमा थप खेल गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको धामले जनाएका छ ।