निर्माणको अन्तिम चरणमा रहेको तामाकोसीको पक्कि पुल भत्कियो

रामेछाप,वैशाख २७ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ र वडा नं ७ जोड्ने ठेडिखोला नजिकैको तामाकोसी नदिमा बनेको मोटरेबल पक्कि पुल भाँचिएको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल शुक्रबार राति भाँचिएको हो । सडक बिभागले २२ करोड ५५ लाखको लागतमा निर्माण गरिरहेको उक्त पुलको अन्तिम स्पान भाँचिएको छ ।
कालिका-कल्पबृक्ष जेभि निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको उक्त पुल २ सय ३० मिटर लामो रहेको छ ।
०७८ सालबाट निर्माण शुरु गरिएको उक्त पुल यहि असार मसान्तसम्ममा सक्ने गरी निर्माण भइरहेको थियो । चार वटा स्पान भएको सो पुलको चौथो स्पान भाँचिएको हो ।
पुल भाँचिनुको कारण थाहा भएको छैन । निर्माण कम्पनीले पुल भाँचिनुको कारणका बारेमा प्राबिधिक टोली ल्याएर परिक्षण गर्ने बताएको छ । उक्त पुल निर्माण पछि रामेछापको मन्थलीबाट काठमाण्डौं र तराई जानका लागि छोटो दुरी पर्दछ ।