गोरुले हानेर ज्यान गयो



रुकुम पूर्व, वैशाख २७ । रूकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर-८ कोर्जा मेलाधारामा गोरुले हानेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बारिमा मकै रोप्नलाई गोरु नार्ने क्रममा गोरुले हानेर भूमे ८ कोर्जाका ५३ बर्षिया बल बहादुर खडकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) उमा शंकर यादवले जानकारी दिए ।

घरदेखि करिब एक सय मिटर टाढाको बारिमा गोरु नार्ने क्रममा घाइते भएका खडकालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको हो । मृतक खडकालाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । पोष्टमार्टम आज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्