दाजुभाइको मोटर साइकल दुर्घटनामा मृत्यु



नवलपुर,वैशाख २७ । नवलपुरको कावासोतीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कावासोती–१ लोकाह खोला नजिकै भएको दुर्घटनाम कावसोती–११ शान्ति टोलका  २२ वर्षीय ईश्वर दर्लामी र १९ वर्षीय सागर दर्लामीको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । मृतक दाजुभाइ हुन्।

देवचुलीको मुण्डेबाट लोकाहातर्फ आउने क्रममा उहाँहरु सवार लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको नेपालले जानकारी दिए । 

अत्याधिक गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको कल्भडमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्