भारतीय राजदूत श्री वास्तवले भेटे सुदीप न्यौपानेको परिवार



काठमाडौं,वैशाख २८ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २२ अप्रिल २०२५ मा भारतको जम्मू र कश्मीरको पहलगाममा भएको भयानक आतङ्कवादी हमलाका २६ पीडितमध्ये एक युवा नेपाली नागरिक स्वर्गीय सुदीप न्यौपानेको परिवारलाई भेटेर हार्दिक समवेदना व्यक्त गरे।

भेटमा उनले आतङ्कवाद विरुद्धको लडाईं र पहलगाम आतङ्कवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धताको आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्