महाप्रसाद अधिकारीविरुद्ध परेको रिटको सुनुवाई न्यायाधी शर्माको इजलासमा हुने



काठमाडौं,वैशाख ३० । गभर्नर सिफारिश गर्न गठित समितिका सदस्य महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता नवीन धितालले अधिकारीलाई विपक्षी बनाएर दायर गरेको रिट आज न्यायाधीश विनोद शर्माको इजलासमा सुनुवाई हुने भएको हो ।

धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य विश्वनाथ पौडेल, महाप्रसाद अधिकारी, समितिको सचिवालय र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। अधिकारी राष्ट्र बैंकका निवर्तमान गभर्नर हुन् । सिफारिश समिति गठन हुँदा अधिकारी पदमै थिए ।

सिफारिश समितिको बैठक बस्न नसकेको र दलहरुको बन्धक बनेको भन्दै सिफारिश समितिबाट विजयनाथ भट्टराईले राजीनामा दिएका हुन् । उनको ठाउँमा सरकारले अधिकारीलाई चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्