नुवाकोट बेलकोटकी दुई किशोरी त्रिशूली नदीमा वेपत्ता, खोजी कार्य जारी



नुवाकोट,वैशाख ३१ । नुवाकोटको कल्चौंडेमा त्रिशूली नदीले बगाएर दुई किशोरी बेपत्ता भएका छन् । बेलकोटगढी नगरपालिका ७ कल्चौडेस्थित त्रिशूली नदीमा कपडा धुन तथा नुहाउन गएका स्थानीय दुई जना किशोरीलाई मंगलवार बेलुकी ६ बजेको समयमा त्रिशूली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीय देब डङ्गोलकि छोरी वर्ष ११ की जेनी डंङ्गोल सोही उमेरकी प्रेमबहादुर राईकी छोरी सदीक्षा राई नुहाउने क्रममा त्रिशूली नदीमा डुबेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार नदी डुवेर बेपत्ता दुवै किशोरीहरुको बुधबार बिहानैदेखि खोजी कार्य जारी रहेको छ । उनीहरु दुवै स्थानीय शिलादेवी माद्यामिक विद्यालयमा अध्ययनरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्