पञ्चकन्या गाउँपालिकाद्वारा रुद्रदेवी कृषि सहकारीलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण



पञ्चकन्या, जेठ १ – आज पञ्चकन्या गाउँपालिका वडा नं. ४ मा अवस्थित रुद्रदेवी कृषि सहकारी संस्था लिमिटेडलाई कार्यालय सञ्चालनका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ। सहकारीको मागअनुसार कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरिएको हो।

उक्त उपकरणहरू गाउँपालिका अध्यक्ष श्री तेज बहादुर तामाङ तथा उपाध्यक्ष श्रीमती विमला के.सी. द्वारा सहकारीका अध्यक्ष अंगज सिंह ठकुरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

सहकारीको प्रभावकारी सेवा प्रवाह तथा प्रशासनिक कार्य प्रणालीलाई अझ प्रभावशाली बनाउन सहयोग पुर्‍याउने उद्देश्यले यस्ता प्रविधि उपकरण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्