नुवाकोटको तार्केश्वर घरबाट हिडेकी एक महिला सम्पर्कविहीन 



नुवाकोट,जेठ १३ । तार्केश्वर गाउँपालिका–३, बासीबुढा निवासी सिर्जना भण्डारी यही जेठ ११ गते बिहान ८ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी छन्। उनका श्रीमानका अनुसार उनी बट्टार हुँदै गल्छी सडकखण्डतर्फ गएकी थिइन्, त्यसपछि उनीसँग कुनै सम्पर्क हुन सकेको छैन।

काभ्रे माइतीघर भएकी भण्डारी दुई छोरीकी आमा हुन्। आमा बेपत्ता भएपछि घरमा रहेका ८ वर्ष र ६ वर्ष उमेरका छोरीहरू अत्यन्त पीडामा रहेका छन्। उनीहरूको अवस्थालाई ध्यानमा राख्दै श्रीमानले सिर्जना भण्डारीलाई छिटोभन्दा छिटो घर फर्कन अनुरोध गरेका छन्।

यदि कसैले उनलाई कतै देखे वा भेटेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन वा सिधै श्रीमानको सम्पर्क नम्बर ९७६१६६९९८३ मा सम्पर्क गर्न विनम्र अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्