बाजुरामा जिप दुर्घटना, तीन जनाको मृत्यु



बाजुरा,जेठ १३ । बाजुराको जगन्नाथ गाउँपालिकामा मंगलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका निवासी तथा हाल नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र धामीको ज्यान गएको हो।

दुर्घटनामा थप दुई जना घाइते भएका छन्, जसको उपचार कोल्टीस्थित आधारभूत अस्पतालमा भइरहेको छ।

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जडान गर्न पिलुचौरबाट गइरहेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्