चीनबाट स्वास्थ्य सामग्री बोकेको कन्टेनर धुन्चेमा दुर्घटना



धुन्चे (रसुवा), असार ४ — चीनबाट स्वास्थ्य सामग्री बोकेर आएको कन्टेनर रसुवागढी नाकाबाट फर्किने क्रममा धुन्चे नजिकै दुर्घटना भएको छ। धुन्चेको ब्रावल ब्यारेक आसपासमा उक्त कन्टेनर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।

दुर्घटनामा मानवीय क्षतिको विवरण प्राप्त नभए पनि कन्टेनरभित्र विभिन्न स्वास्थ्य सामग्री रहेको कन्टेनर चालकले जानकारी दिएका छन्। हाल दुर्घटनामा परेको कन्टेनर हटाउनका लागि तान्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्