एसईईको नतिजा सार्वजनिक, करिब ५ लाख १० हजार विद्यार्थीको भविष्य तय



काठमाडौं,असार १३ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको छ। बोर्डको बैठकपछि अन्तिम चरणको प्रक्रिया पूरा गरी आज साँझ नतिजा सार्वजनिक गरिएको हो। एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

एसईईमा यो वर्ष करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए। चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण तथा प्राप्ताङ्क इन्ट्रीको काम सम्पन्न भएपछि नतिजा सार्वजनिक गरिएको हो।

बोर्डका अनुसार यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्ययोजना बने पनि शिक्षक आन्दोलनका कारण केही ढिलाइ भएको थियो। गत चैत २० देखि वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा आन्दोलन गरेपछि प्रक्रियामा अवरोध आएको बोर्डले जनाएको छ।

परीक्षाफल बोर्डको आधिकारिक वेबसाइट, एसएमएस र मोबाइल एपमार्फत हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्