नुवाकोटमा छायांकन गरिएको फिल्म ‘हली’को गीत सार्वजनिक (भिडियो)

नुवाकोट,साउन १३ — नुवाकोटको सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा छायांकन गरिएको नेपाली फिल्म ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाएँ त’ सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममार्फत गीत सार्वजनिक गरिएको हो।
पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा निर्माण भएको फिल्म ‘हली’ मा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ। सार्वजनिक गीतमा बाबुल गिरी र शान्ती श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीकै सङ्गीत रहेको छ। गीतको भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ।
सुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको यस गीतमा कलाकार प्रमोद दीपसँगै दीपाश्री निरौला, किरण केसी, दिलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको नृत्य प्रस्तुत गरिएको छ। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने सम्पादन विपिन मल्लले गरेका हुन्।
फिल्म ‘हली’ मा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ। सह–निर्माताका रूपमा नम्रता भण्डारी, कार्यकारी निर्माता अर्जुन भुसाल, लाइन प्रोड्यूसर लक्ष्मण बज्राचार्य, मुख्य सहायक निर्देशक जीवननाथ गौतम तथा सम्पादक रामप्रसाद चौधरी रहेका छन्।
फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्धाजको संगीत, कुमार महर्जनको एक्सन निर्देशन तथा छायाङ्कन राहुल राईले गरेका छन्। फिल्म वास्तविक जीवनका कथाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ।