पूर्व सञ्चारमन्त्री बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं,असार १६ । विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाेड्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर काेइरालाकाे इजलासले बस्नेतविरुद्ध उक्त धराैटी मागकाे आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध  भ्रष्टाचार मुद्दा दायर भएकाे थियाे ।

त्यसकाे थुनछेक बहसपछिकाे आदेशमा धराैटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेकाे अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्