राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ



काठमाडौं, जेठ १८ — राजावादी आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। बिहीबारदेखि निरन्तर आन्दोलनमा उत्रिएको राजावादी समूहले आइतबार काठमाडौंको नारायणचौरबाट बालुवाटारतर्फ प्रदर्शन गर्ने प्रयास गर्दा प्रहरीले कमल थापालगायत केहीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बालुवाटार क्षेत्र प्रवेश गर्न खोजेको भन्दै प्रदर्शनकारीलाई रोकेपछि झडपको स्थिति सिर्जना भएको थियो। उक्त समूहले सरकार र प्रणालीविरुद्ध नाराबाजी गर्दै शान्तिपूर्ण आन्दोलन जारी राखेको जनाएको छ।

राजावादी समूहले मुलुकमा पुनः राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आन्दोलन चर्काउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्