छहरे–टोखा सुरुङ मार्गलाई प्राथमिकता



• देवचन्द्र भट्ट

काठमाडौं,जेठ २२ । बहुचर्चित छहरे–टोखा सुरुङ मार्गका लागि सरकारले प्राथमिकता दिँदै बजेट विनियोजन गरेपछि नुवाकोटवासी निकै खुसि भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को को बजेटमा छहरे–छहरे सुरुङ मार्गका लागि बजेट विनियोजन गरेपछि दुरी छोट्टिने भएपछि सर्वसाधारण हौसिएका हुन् ।

सो सुरुङमार्गले काठमाडौँ प्रवेशका लागि छोटो दुरी रहने प्राविधिकहरू बत्ताउँछन् । प्रस्तावित सुरुङ मार्ग बन्ने स्थान वाटै हाल पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा सडकमा चाप भएका वेला यातायातका साधानहरु गल्छी–देवी घाट–गँगटे–छहरे–टोखा हुँदै काठमाडौँ पुग्ने र बाहिरिने गरेका छन् ।

वहु प्रतिक्षित छहरे–टोखा सुरुङ मार्गका कारण नेपाल–चीनबिचको भौगोलिक दुरीसमेत कम हुने र आयात निर्यातमा सहजता आउने जनाइएको छ । सुरुङ मार्गका लागि सरकारले बजेट विनियोजन गरेकोमा सकारात्मक रूपमा लिँदै बागमती प्रदेशका पुर्व मन्त्रि तथा एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेले यसले दुई देशबिचको व्यापार प्रवद्धनमा समेत महत्त्व खेल्ने बताए ।

नुवाकोटको शिवपुरी गाउंपालिकाको छहरे र  राजधानीको टोखा जोड्ने राष्ट्रिय परिकल्पनाको आयोजना छहरे–टोखा सुरुङ मार्ग निर्माणको योजना आगामी आर्थिक वर्षको बजेटमा समेटिएपछि नुवाकोटवासी निकै खुसी भएको बागमती प्रदेशका पुर्व मन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए  । यस छहरे–टोखा सुरुङ मार्गलाई अव पहिलो प्राथमिकतामा राखेर सरकारले निर्माण कार्यको सवै प्रक्रिया पुरा गर्नुपर्ने उनको भनाई छ ।

सरकारले बजेट विनियोजन गरेको छहरे–टोखा सुरुङ मार्ग समेत सम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।  साथै आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस सुरुङ मार्गलाई निर्माण गर्न विस्तृत अध्ययन गरिने समेत बताएको छ ।

सुरुङ मार्गलाई प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक वर्ष काठमाडौँ–केरुङ सुरुङ मार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदनसमेत तयार गरिने जनाएको छ ।  यस विशेष परियोजना अहिलेको बजेटमा मात्र होइन, विगतदेखि सुरुङ मार्ग बजेटमा पर्दै आएको र यसलाई अव भने निर्माणका लागि निरन्तरता दिइनु पर्ने शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाको भनाई छ ।

गत २०७६ साल कात्तिकमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदा छहरे–टोखा सुरुङ मार्ग बनाउने सहमति भएको थियो । तर, चीनले सुरुङ मार्गको काम अघि बढाएको छैन ।

चीनसमेत छहरे–टोखा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको छ । चीनले सो सुरुङ मार्ग अनुदानमा  वनाइदिनु पर्ने नेपालको तर्क छ ।  सो सुरुङ मार्ग अध्ययनका क्रममा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

बजेटमा प्रस्ताव गरिएका छहरे–टोखासहित अन्य सुरुङ मार्गका परियोजनाबारे हाल मन्त्रालयले अध्ययन गरिरहेको छ । अध्ययनपछि आर्थिक तथा प्राविधिक रूपमा सम्भाव्य देखिएमा निर्माणको काम अघि बढ्ने प्राविधिक पक्षको तर्क छ ।

यसका लागि सरकारले स्रोत व्यवस्थापनका साथै अन्य तयारी अगाडि बढाउने भएको छ । त्यसरी नै अव छहरे–टोखालगायतका देशकै अन्य  सुरूङ मार्गको सम्भाव्यता अध्ययन सक्ने लक्ष्य सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्