बेलकोटगढी-११ मा सिलाई कटाई तालिम समापन, प्रमाणपत्र तथा पुरस्कार वितरण



नुवाकोट,असार ४ — बेलकोटगढी नगरपालिका वडा नं. ११ द्वारा सञ्चालित महिला सीप विकास तथा आय आर्जन कार्यक्रम अन्तर्गत ३ महिने सिलाई कटाई तालिमको समापन भएको छ।

वडा कार्यालय अमारेमा आयोजित उक्त कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रम गत फागुन २० गतेदेखि सुरु गरिएको थियो।

समापन समारोहमा नगर उपप्रमुख शिवप्रसाद दाहाल, वडा अध्यक्ष प्रकाशजंग पाण्डे, वडा सचिव, महिला सदस्यसहित स्थानीय जनप्रतिनिधि र सहभागीहरूको उपस्थिति थियो।

कार्यक्रमले महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउँदै आत्मनिर्भर बन्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्