रासायनिक मलको माग गर्दै किसान महासंघ नुवाकोटद्वारा ज्ञापनपत्र बुझाइयो



नुवाकोट,असार ४ । रासायनिक मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ नुवाकोटले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

महासंघका अध्यक्ष अजय पाठकसहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापन बुझ्दै हुमागाईले विषयको गम्भीरता बुझ्दै तत्काल आवश्यक पहल र कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

किसानहरूले समयमा मल नपाउँदा बालीमा असर परिरहेको भन्दै सरकारले तुरुन्त मलको आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्