विदुरको एसइई नतिजा: ७४.१६ प्रतिशत विद्यार्थी उर्तीण, मेयर श्रेष्ठले गरे प्रसंशा



नुवाकोट,असार १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अनुसार विदुर नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट परीक्षामा सहभागी भएका ७४.१६ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। यो दर राष्ट्रिय औसत ६१.८१ प्रतिशतभन्दा उल्लेखनीय रूपमा उच्च छ।

विदुर नगर क्षेत्रका सामुदायिक विद्यालयहरूबाट ७०.३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने संस्थागत विद्यालयहरूमा यो दर ८४.४७ प्रतिशत रहेको छ। विगतका वर्षहरूको तुलनामा यस वर्ष विद्यार्थीको उर्तीण प्रतिशतमा उल्लेखनीय वृद्धि देखिएको छ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले यस सफलताको श्रेय विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन, अभिभावक र सम्बन्धित सबै सरोकारवालाहरूलाई दिएका छन् । मेयर श्रेष्ठले आगामी वर्षहरूमा अझ शैक्षिक गुणस्तरमा सुधार गर्न सबै पक्षलाई सहकार्य र प्रतिबद्धताका साथ अघि बढ्न हार्दिक आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्