नुवाकोटका शिक्षकलाई रुम टु रिड र रुडेक नेपालको तालिम



नुवाकोट, असार १८ । नुवाकोटमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा आयोजित साक्षरता तालिम मंगलबारदेखि सुरु भएको छ । बट्टारमा सुरु भएको उक्त तालिममा विदुर, लिखु र तादी गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत कक्षा १ र २ का भाषा शिक्षक २५ जनाको सहभागिता रहेको छ ।

तालिममा नेपाली भाषा विषयको शिक्षण प्रक्रियालाई अझ प्रभावकारी बनाउन नमूना अभ्यास, कक्षा व्यवस्थापन, पाठ योजनाको विकास र शिक्षणमा देखिने समस्या समाधानबारे पुनर्ताजगी प्रशिक्षण दिइएको छ ।

तालिम रुम टु रिडका वरिष्ठ प्रशिक्षक ओमकुमार श्रेष्ठ र रुडेक नेपालका फुर्कु घलेले सह-प्रशिक्षकको भूमिकामा सञ्चालन गर्दै आएका छन् ।शिक्षकहरूको क्षमता अभिवृद्धि गरी प्रारम्भिक कक्षाका विद्यार्थीमा पढ्ने सीप विकास गर्न तालिम प्रभावकारी हुने आयोजकले बताएका छन् । तालिम शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्