चर्चित गायिका प्रतिमा अर्यालको गायन र अभिनयमा ‘सुनको सियो’ सार्वजनिक (भिडियो)



काठमाडौं, असार २० –चर्चित गायिका प्रतिमा अर्यालको स्वर र अभिनयमा तयार गरिएको नयाँ गीत ‘सुनको सियो’ सार्वजनिक भएको छ। जेके मिडिया हाउसको प्रस्तुतिमा तयार भएको यस गीतमा प्रतिमा अर्यालसँगै गायक घमेश दुलालले स्वर दिएका छन्।

गीतको भिडियोमा प्रतिमा अर्याल र प्रदीप रोक्का मुख्य भूमिकामा देखिएका छन्। मायापिरति र समाजमा विद्यमान जातीय भेदभावका यथार्थ पक्षलाई उजागर गर्ने कथावस्तुमा आधारित गीतको भिडियो मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

सार्वजनिक भएको भिडियो जेके मिडिया हाउसको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिने छ। गीतले सामाजिक सन्देश दिनुका साथै दर्शकको मन छोने अपेक्षा गरिएको छ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्