‘अप्सरा आमा’ का नामले परिचित कलाकार लक्ष्मी श्रेष्ठको निधन



काठमाडौं,असार २० । हास्य टेलिसिरियल मेरी बास्सै मा ‘अप्सरा आमा’ को भूमिका निभाएर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। केही महिनादेखि बिरामी अवस्थामा रहेकी श्रेष्ठको शुक्रबार राति काठमाडौंको कपनस्थित आफ्नै निवासमा निधन भएको हो।

स्तन क्यान्सरलगायतका रोगले पीडित लक्ष्मी चार महिना अगाडि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएकी थिइन्। एक महिनाअघि उपचार असम्भव भन्दै अस्पतालले डिस्चार्ज गरेपछि उनी घरमै थिइन्।

श्रेष्ठले जिरे खुर्सानी, कान्छी, उल्टो सुल्टो लगायतका टेलिसिरियल, थुप्रै फिल्म र म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्। उनी लक्का जवान फिल्ममा पनि देखिएकी थिइन्।

दर्शकमाझ लक्ष्मीले निभाएको छुच्चो स्वभावको ‘अप्सरा आमा’ पात्र लोकप्रिय मानिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्