विदुरमा वृक्षारोपण तथा ट्रि गार्ड स्थापनासहित हरियाली अभियान



नुवाकोट, असार २१ । विदुर नगरपालिका–५ स्थित लामिबगैचा युवा क्लबको नेतृत्वमा पिपलटारचोकदेखि तल्लो पिपलटार हुँदै देवीघाट जाने मुख्य सडकको दायाँबायाँ वृक्षारोपण तथा रोपिएको विरुवाको सुरक्षाका लागि ट्रि गार्ड राख्ने कार्य सम्पन्न गरिएको छ।

विदुर नगरपालिकाको कार्यालय, वडा नं. ५ को कार्यालय र डिभिजन वन कार्यालय नुवाकोटको संयुक्त सहयोगमा सम्पन्न उक्त कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। नगरपालिकाले हरियाली तथा सौन्दर्यकरणको अभियान अन्तर्गत गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रमलाई यस वर्ष पनि डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा निरन्तरता दिइएको हो।

कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, डिभिजनल वन अधिकृत रोशना पोखरेल, वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने, कार्यपालिका सदस्य, वडासदस्य, लामिबगैचा युवा क्लबका पदाधिकारी तथा सदस्यहरू लगायत स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्