कपिलवस्तुमा बस दुर्घटनाः २९ जना घाइते, एकजनाको अवस्था गम्भीर



काठमाडौं,असार २९ । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस आज विहान कपिलवस्तुमा दुर्घटनाग्रस्त भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको चन्द्रौटा इमिलिया सडकखण्डमा पर्ने बेलनदी नजिकै बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिँगेले दिएको जानकारी अनुसार काठमाडौंबाट दाङ्गतर्फ जाँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरुमध्ये २८ जनाको स्थानीय अस्पतालमा र गम्भीर घाइतेको थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्