टोखा-छहरे अन्तर्गत टोखामा वाल भत्किँदा झोर हुँदै नुवाकोट जाने बाटो अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



काठमाडौं,असार ३२— गए राति करिब ११:३० बजे टोखा नगरपालिका–२ स्थित थलाग टोलमा वाल भत्किँदा झोर हुँदै नुवाकोटतर्फ जाने प्रमुख आन्तरिक मार्ग (गले) पूर्ण रूपमा अवरुद्ध भएको छ।

टोखा वडा नं. २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठका अनुसार सडक अवरुद्ध भएको कारण केही दिन सो मार्ग प्रयोग गर्न नसकिने भएकोले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

वडा कार्यालयका अनुसार, अवरुद्ध भित्री सडकको विकल्पमा बालाजु–नेपालटार–साङला–झोर मार्ग र टोखा गेटको बाहिरी मुख्य सडक प्रयोग गर्न सकिनेछ।

हाल सम्बन्धित निकायबाट बाटो खुलाउने प्रयास थालिएको छ। स्थानीयहरूलाई सावधानीपूर्वक आवतजावत गर्न मालुङका स्थानीय युवा रवि श्रेष्ठले सुझाए।

प्रतिक्रिया दिनुहोस्