छहरे–टोखा सडकखण्डमा मिनिट्रक र टिपर ठोक्किँदा क्षति, मानविय क्षति भने भएन
नुवाकोट,साउन ६— छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–७ ढलान घर नजिकै मंगलबार बिहान सवारी दुर्घटना भएको छ।
बिहान करिब ९ बजे तिर प्रदेश ३–०१००६ ख–०१५१ नम्बरको कुखुरा बोक्ने मिनिट्रक र बा ३ क २५९९ नम्बरको बालुवा बोक्ने निजी टिपर एक आपसमा ठोक्किएका हुन्।
दुर्घटना हुँदा दुबै सवारी साधनमा क्षति पुगेको भए पनि मानविय क्षति भने नभएको शिवपुरी अस्थायी प्रहरी पोस्टले जानकारी दिएको छ।
बालुवा बोकेको टिपर काठमाडौँतर्फ जाँदै गरेको र तीव्र गतिका कारण मोडमा मिनिट्रकसँग ठोक्किएको बताइएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले यातायात पुनः सुचारु भएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

