आन्दोलनका क्रममा महानगर दायित्वबाट पछि हटेको थिएन : मेयर बालेन साह



काठमाडौं, असोज २१। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा महानगर आफ्नो दायित्वबाट पछि नहटेको स्पष्ट पार्नुभएको छ।

महानगरमाथि उठेका प्रश्नहरूको सामाजिक सञ्जालमार्फत मङ्गलबार एकमुष्ट जवाफ दिँदै मेयर साहले आन्दोलनका दिन महानगरका दमकलहरू कहाँ–कहाँ परिचालन भएका थिए भन्ने पूर्ण विवरण सार्वजनिक गर्नुभएको हो।

उहाँले लेख्नुभएको छ, “काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन।”

साहले आन्दोलनका क्रममा देखिएको आगजनी नियन्त्रणका लागि महानगरले उपलब्ध स्रोत र जनशक्ति अनुसार दमकल परिचालन गरेको र आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गरिएको बताउनुभएको छ।

हालका दिनमा जेन–जी आन्दोलनका क्रममा महानगरले भूमिकामा कमी गरेको भन्ने आलोचनापछि मेयर बालेनले यो स्पष्टीकरण सार्वजनिक गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्