सर्वोच्च अदालतका चार नयाँ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौँ,कात्तिक २७ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ गराउनुभएको हो ।

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

यसअघि प्रस्तावित चारै न्यायाधीशको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो । त्यसपछि न्याय परिषद्ले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्