नुवाकोटको बट्टारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक युवक घाइते
नुवाकोट,असोज २२ । नुवाकोटको विदुर नगरपालिका–४ बट्टारस्थित हावाघरमा सवारी दुर्घटना हुँदा एक युवक घाइते भएका छन्।
बुधबार बिहान करिब १०:३० बजे हावाघर–संगमचोक सडक खण्डमा ग१ख ९९३५ नम्बरको आईचर ट्रकले बा६५ प ५०४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय अनिस अधिकारी (स्थायी ठेगाना विदुर नगरपालिका–१२) घाइते भई उपचारका लागि त्रिशुली अस्पताल, नुवाकोट पठाइएको प्रहरीले जनाएको छ।
आईचर ट्रक र चालक ३० वर्षीय राधाकृष्ण घिमिरे (स्थायी ठेगाना तारकेश्वर गाउँपालिका–१, दानसिंह) लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

