महेश बस्नेतको चेतावनी — “मलाई पक्राउ गरेर देखाऊ, आरोप सह्य हुँदैन”



काठमाडौं,असोज २२ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेत ले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन्।

एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएलगत्तै, बुधबार बस्नेतले पत्रकार सम्मेलन गर्दै सरकारलाई चेतावनी दिएका हुन्। उनले भने, “मलाई समातेर देखाउनुस्। विधि र लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको लागि जेल जान तयार छन्, तर कसैले लगाएको आरोप सह्य हुँदैन।”

बस्नेतले अब आफूहरूले ‘डिजिटल फोर्स’ गठन गर्ने र जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हत्याका घटनामा संलग्नहरूलाई खोजी गर्न प्रहरीमा जाहेरी दिने तयारी भइरहेको बताएका छन्।

उनले सरकारप्रति असन्तोष जनाउँदै भने, “जेनजी सरकारले ती अपराधमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”

त्यससँगै उनले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि शंका उत्पन्न भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्