म्याग्दीमा बोलेरो जिप दुर्घटना, १५ जना घाइते



म्याग्दी,असोज २२ । म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

जिल्लाको बेनी नगरपालिका–९ तुसारेपानीमा बुधबार बिहान क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भएर सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका सबै यात्रुलाई प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्