सालकको खपटा र छाला सहित नुवाकोटका दुई जना पक्राउ
काठमाडौं, असोज २३ — वन्यजन्तुको अवैध कारोबारमा संलग्न दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम ढुंगाना रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सालकको खपटा र छाला सहित पक्राउ परेका हुन्। वन्यजन्तु संरक्षण ऐन अन्तर्गत उनीहरूविरुद्ध आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।
सालक दुर्लभ प्रजातिको वन्यजन्तु हो, जसको अवैध सिकार र व्यापार विश्वभर प्रतिबन्धित छ। प्रहरीले वन्यजन्तु तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी राखेको जनाएको छ।

