नुवाकोट तारकेश्वरकी १६ वर्षीया बालिका बेपत्ता, खोजी गरिदिन परिवारको अपील
नुवाकोट,असोज २४ — तारकेश्वर गाउँपालिका वडा नम्बर ४ की १६ वर्षीया अनिसा बस्ती नामकी बालिका बुधबारदेखि बेपत्ता भएकी छन्।
परिवारका अनुसार अनिसा बिहान करिब १० बजे “काठमाडौँ जान्छु” भनेर घरबाट निस्किएकी थिइन्। उनी अन्तिम पटक महादेवफाँट क्षेत्रमा देखिएकी थिइन् तर त्यसपछि हालसम्म पनि उनको कुनै सम्पर्क भएको छैन।
बालिका लामो समयसम्म सम्पर्कविहीन भएकाले परिवारले चिनजानका सबैलाई खोजीमा सहयोग गर्न आग्रह गरेका छन्। जसले पनि अनिसालाई देख्नुभएको वा उनको अवस्थाबारे जानकारी हुन सक्छ, नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ -परिवारले अनुरोध गरेको छ।

