कपनमा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



काठमाडौं,असोज २६। काठमाडौंको कपन पैयुटारस्थित सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बा ८१ प ७३५ नम्बरको मोटरसाइकल गए राति पैयुटारबाट गोकर्णेश्वरतर्फ जाँदै गर्दा बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका २५ वर्षीय पासाङ मिङ्मा शेर्पा, जो सोलुखुम्बु घर भई हाल कपनमा बस्दै आएका थिए, उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा आज बिहान मृत्यु भएको सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्