तुप्चे साना किसान कृषि सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न



नुवाकोट,असोज २९ — विदुर नगरपालिका–७ मा अवस्थित तुप्चे साना किसान कृषि सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। सो अवसरमा उपप्रमुख प्रभा बोगटी, वडा नं. ७ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रविन्द्र नेपाल लगायत स्थानीय प्रतिनिधि र सहकारी सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विदुर नगरपालिकामा दर्ता गरिएको उक्त सहकारी अध्यक्ष ज्ञानुमाया थापा (ढकाल)को नेतृत्वमा सञ्चालन हुँदै आएको छ। सहकारीले आफ्ना शेयर सदस्यहरूलाई कृषि, पशुपालन र बचत–ऋण कार्यक्रममार्फत सेवा विस्तार गर्दै आएको बताइएको छ। सहकारीले आफ्नो उद्देश्य अनुरूप व्यवस्थित र उदाहरणीय सेवा प्रदान गर्दै आएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्