५० किलो चाँदी र १३ लाख नगदसहित ललितपुरबाट युवक पक्राउ
काठमाडौं,असोज ३०। ललितपुरबाट ५० किलोभन्दा बढी चाँदीसहित एक जन पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले बिहीबार दिउँसो भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेखलाई ५० किलोभन्दा बढी चाँदीसहित पक्राउ गरेकाे हाे ।
उनको साथबाट सशस्त्र प्रहरी ५० किलो ७४ ग्रँम चाँदीका गरगहना, १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसीन १ थान, इलेक्ट्रीक साईलक १ थान, आइप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद भएकाे छ ।
प्रहरीका अनुसार ललितपुर महागनरपालिका–१६ धौगलबाट पक्राउ शेखले भारतबाट अवैध रुपले चाँदी नेपाल ल्याई विभिन्न किसिमका गरगहना बनाएर बेच्ने गरेको पाइएकाे छ।

