टोखा चण्डेश्वरीमा ४० वर्षीय पुरुषको हत्या, दुई जना पक्राउ
काठमाडौं,असोज ३१ । काठमाडौंको टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक जनाको हत्या भएको छ। बिहीबार राति पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङलाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, बादविवादको क्रममा फलामको रडले प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै ट्रमा सेन्टरमा उपचारका लागि पठाइए पनि बचाउन सकिएन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

