न्यू फलाँटे युवा क्लबद्वारा पञ्चमिलन कलादेवी माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग
नुवाकोट,कात्तिक १ — तारकेश्वर गाउँपालिका–१ फलाँटेमा रहेको न्यू फलाँटे युवा क्लबले पञ्चमिलन कलादेवी माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ। क्लबले विद्यालयमा कम्प्युटर हस्तान्तरण गरी विद्यार्थीहरूलाई प्राविधिक तथा गुणस्तरीय शिक्षामा पहुँच दिलाउने उद्देश्य राखेको जनाएको छ।
विद्यालय प्रशासनका अनुसार क्लबबाट प्राप्त कम्प्युटरले विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी सीप सिक्न र आधुनिक शिक्षण प्रक्रियामा सहभागिता जनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
स्थानीयस्तरमा शिक्षाको गुणस्तर सुधार गर्न समुदायबाट भएको यस्तो सहयोगले विद्यालय र विद्यार्थी दुवैलाई लाभ पुग्ने विद्यालय पक्षको भनाइ छ।

